काठमाडौं । प्रभु बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १ अर्ब ३३ करोड रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ ।
गत वर्षको यसै अवधिसम्मको तुलनामा कम्पनीले खुद नाफा ८५ दशमलव ४९ प्रतिशत बढी गरेको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले ७२ करोड ३ लाख रुपैयाँभन्दा बढी मात्र खुद नाफा गरेको थियो । यस वर्ष कम्पनीको इम्पेरमेन्ट चार्ज रकम कम हुँदा खुद नाफा बढेको हो ।
गत वर्ष १ अर्ब २५ करोड रुपैयाँभन्दा बढी रहेको इम्पेरमेन्ट चार्ज रकम यस वर्ष ८१ करोड ४२ लाख रुपैयाँभन्दा बढी मात्र छ । दोस्रो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा भने ३ अर्ब ३३ करोड रुपैयाँभन्दा बढी ऋणात्मक रहेको छ ।
गत वर्ष ६ रुपैयाँ १२ पैसा रहेको प्रतिशेयर आम्दानी यस वर्ष बढेर ११ रुपैयाँ ३५ पैसा कायम भएको छ । कम्पनीको निष्क्रिय कर्जा गत वर्ष ४ दशमलव ९० प्रतिशत रहेकोमा यस वर्ष ५ दशमलव शून्य ६ प्रतिशत कायम भएको छ । प्रतिशेयर नेटवर्थ भने १४४ रुपैयाँ ७९ पैसा छ ।
२३ अर्ब ५४ करोड २४ लाख ९० हजार रुपैयाँ चुक्तापूँजी रहेको कम्पनीको जगेडा कोष रकम भने १३ अर्ब ८७ करोड रुपैयाँभन्दा बढी छ । दोस्रो त्रैमाससम्म ३ खर्ब ४ अर्ब रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको कम्पनीले २ खर्ब १९ अर्ब रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ ।