ठमाडौं । प्रभु हेलिकप्टर लिमिटेडले दोस्रो एयरबस हेलिकप्टर सञ्चालनमा ल्याएको छ ।
कम्पनीले फ्रान्समा निर्मित ‘एच१२५’ सिरिजको हेलिकप्टर किनेर सेवा विस्तार गरेको हो । नाइन एन एएनटी कलसाइनमा दर्ता भएको उक्त हेलिकप्टरमा ५ यात्रु सिट क्षमता छ ।
दुर्गम तथा उच्च भूभागमा सेवा दिनका लागि उक्त हेलिकप्टर सञ्चालनमा ल्याइएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । हेलिकप्टरबाट पर्यटकीय उडान, चार्टर सेवा, आकस्मिक सेवा, मालसामान ढुवानीलगायत सेवा दिइने कम्पनीको भनाइ छ ।
दोस्रो हेलिकप्टर थपिएसँगै उच्च उचाइमा सेवा प्रदान गर्ने क्षमता विस्तार भएको र नेपालभर उच्च सुरक्षाका साथ प्रभावकारी सेवा दिन सहज बनाएको कम्पनीले जनाएको छ ।