चितवन । पूर्वी चितवनको खैरहनी–८ मगनीस्थित उपहार मार्वल पसलमा कजरिया टायल्सको शोरूम सञ्चालनमा आएको छ । बुधवार एक कार्यक्रमबीच खैरहनी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अर्जुन लम्साल र शोरूमका सञ्चालक कृष्णप्रसाद सुवेदीका बुवा तुलाराम सुवेदीले संयुक्त रूपमा शोरुमको उद्घाटन गरेका हुन् ।
कार्यक्रममा कजरिया टायल्सका बजार प्रतिनिधि विकास गौतमले भारतको नम्बर वान कम्पनीको रूपमा पहिचान बनाएको कजरिया टायल्स कम्पनीले १० महीनादेखि नेपालमै उत्पादन शुरू गरेको बताए । ६९ देशमा निर्यात गर्दै आएको सो कम्पनीले सेरामिक र जिभीटी गुणस्तरका टायल्स उत्पादन गर्दै आएको छ । कार्यक्रमका खैरहनी उवासंघका वरिष्ठ उपाध्यक्ष लम्सालले बजारीकरणको तीव्र विकासमा रहेको खैरहनी नगरपालिकाको मुख्य बजार क्षेत्र पर्सा बजार व्यवसायीको रोजाइमा पर्नुले आर्थिक विकासको संकेत गरेको उनको भनाइ छ ।