logo
सांग्रिला डेभलपमेन्ट बैंकको १ लाख ४२ हजारभन्दा बढी कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी
सांग्रिला डेभलपमेन्ट बैंकको १ लाख ४२ हजारभन्दा बढी कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले १ लाख ४२ हजार ५१३ कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी गरेको छ ।

कम्पनीले यसअघि विद्यमान संस्थापक शेयरधनीहरूमा जारी गर्दा विक्री नभएको यी शेयर अन्य व्यक्ति तथा संस्थामा जारी गरेको हो । इच्छुक अन्य व्यक्ति तथा संस्थाहरूले आगामी १५ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ ।

आवेदन कम्पनीको केन्द्रीय कार्यालय बालुवाटार, काठमाडौंमा पेश गर्नुपर्ने छ । कम्पनीले वैशाख २ गते यी शेयर खरीदका लागि १५ दिने सूचना जारी गरेको हो ।

प्रतिक्रियाहरू

टिप्पणीहरू थप्न कृपया लगइन गर्नुहोस्। लगइन

Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.