काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले १ लाख २ हजार ५७४ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी यी शेयर विक्रीमा ल्याएको हो ।
इच्छुक खरीदकर्ताहरूले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय बालुवाटार, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ । के कति कित्ता कति मूल्यमा खरीद गर्न चाहेको हो सो समेत खुलाई आवेदन दिनुपर्ने जानकारी कम्पनीले दिएको छ ।
तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूले आवेदन पेश नगरेमा अन्य व्यक्ति तथा संस्थामा यी शेयर विक्री गरिने जानकारी कम्पनीले दिएको छ । कम्पनीले दुर्गा बहादुर पुन मगरको नाममा रहेको १५ हजार २८५ कित्ता, मीना सुवालको नाममा रहेको १६ हजार १०० कित्ता र माधव प्रसाद अर्यालको नाममा रहेको ७१ हजार १८९ कित्ता संस्थापक शेयर विक्री गर्न लागेको हो ।