काठमाडौं । सिल्भर माउण्टेन स्कूल अफ मेनेजमेन्टकी प्रबन्ध निर्देशक आभा शाह ‘वेस्ट वुमन आन्त्रप्रेनर ’ अवार्डबाट सम्मानित भएकी छन् ।
न्यू बिजनेश एज लिमिटेडको आयोजनामा भएको ‘न्यूबिज बिजनेश वुमन समिट एन्ड अवार्डस्–२०२५’ मा उनलाई सम्मानित गरिएको हो ।
शिक्षा क्षेत्रमा ३० वर्षभन्दा बढी समय बिताइसकेकी शाहले अमेरिकन होडल एण्ड लजिङ एजुकेशनल इन्स्टिच्युट (एएचएलइआई) र क्वीन मार्गेरेट युनिभर्सिटी स्कलल्याण्डको आवद्धता लिई सन् २००२ मा सिल्भर माउण्टेन स्कूल अफ मेनेजमेन्ट स्थापना गरेकी थिइन् । यसमार्फत ब्याचलर डिग्री इन इन्टरनेशनल हस्पिटालिटी एण्ड टुरिजम म्यानेजमेन्ट, डिप्लोमा इन इन्टरनेशनल कुलिनरी आर्टका साथै छोटो अवधिमा कोषहरू समेत सञ्चालन हुँदै आएको छ ।
विद्यालय तथा विश्वविद्यालय शिक्षा तथा तालिम लगायतका क्षेत्रमा योगदान गरेकी शाहले त्रिभुवन विश्वविद्यालयबाट एमबीए उत्तीर्ण गरेकी छन् ।