logo
विजय लघुवित्तले दोस्रो वर्ष पनि लगानीकर्ताको हात खाली बनाउने
विजय लघुवित्तले दोस्रो वर्ष पनि लगानीकर्ताको हात खाली बनाउने

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले दोस्रो वर्ष पनि लगानीकर्ताको हात खाली बनाउने भएको छ । गत वर्ष लाभांश वितरण नगरेको कम्पनीले यस वर्ष पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

पुस ४ गते बिहान बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू आगामी वार्षिक साधारण सभाबाट पारित गराउन नेपाल राष्ट्र बैंकसँग अनुमति लिने र कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

कम्पनीले यसअघि आर्थिक वर्ष ०७८/७९ मा २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव शून्य ५३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

हाल कम्पनीको चुक्तापूँजी ७४ करोड ५० लाख ४० हजार रुपैयाँ छ । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म कम्पनीको जगेडा कोषमा ४४ करोड २७ लाख रुपैयाँभन्दा बढी रकम कायम छ ।

सो अवधिसम्म कम्पनीको वितरणयोग्य नाफा भने २ करोड ३१ लाख रुपैयाँभन्दा बढी ऋणात्मक छ ।

प्रतिक्रियाहरू

टिप्पणीहरू थप्न कृपया लगइन गर्नुहोस्। लगइन

Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.