काठमाडौं । बिहीवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक कम्पनीको शेयर मूल्य समायोजन भएको छ ।
युनाईटेड इदी मर्दी एण्ड आर.बि हाइड्रोपावर लिमिटेडले बोनस शेयर वितरण प्रयोजनार्थ बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
नेप्सेले कम्पनीको ४ प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजन पश्चात कम्पनीको शेयर मूल्य रू. ६८१ दशमलव ७३ कायम भएको छ ।
नेप्सेले बिहीवार कारोबार दिनको अन्तिम मूल्यका आधारमा कम्पनीको शेयर मूल्य समायोजन गरेको हो ।
बिहीवार दोस्रो बजारमा रू.७०९मा अन्तिम कारोबार भएको थियो । यही समायोजित मूल्यलाई आधार मानेर कम्पनीको शेयर आगामी आइतवार देखि दोस्रो बजारमा कारोबारमा आउनेछ ।