काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकाको सुरक्षा व्यवस्था अभिवृद्धि गर्न नगरपालिकालाई सीसीटीभी हस्तान्तरण गरेको छ ।
बैंकका कोशी प्रदेश प्रमुख रबिन घिमिरेले नगरपालिकाका उपमेयर मनिकादेवी दुलाललाई एक कार्यक्रममा उक्त सामाग्रीहरू हस्तान्तरण गरेका थिए । कार्यक्रममा बैंक तथा नगरपालिकाका अन्य उच्च पदाधिकारी समेतको उपस्थिति रहेको थियो । नेपाल एसबिआई बैंकले समय समयमा समुदाय स्तरमा यस्ता कार्यक्रमहरू गर्दै आइरहेको छ ।
नेपाल एसबिआई बैंकले ३१ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ । हाल देशभर बैंकका १०० ओटा शाखा कार्यालय, २२ ओटा एक्स्टेन्सन काउन्टर, १९ ओटा शाखारहित बैंकिङ सेवा, ७ ओटा प्रादेशिक कार्यालय, १२५ ओटा एटीएम र एउटा कर्पोरेट कार्यालय सञ्चालनमा रहेका छन् ।