काठमाडौं । मोबिलिटी एण्ड अर्बान सर्भिस प्लेटफर्म इन्ड्राइभले ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ अभियान शुरू गरेको छ । आफ्ना चालक पार्टनर्सको कडा परिश्रम र समर्पणलाई विशेष रूपमा सम्मान र पहिचान गर्न यो अभियान ल्याइएको बताइएको छ, जसमा ग्रान्ड प्राइजमा ब्रान्ड न्यू टाटा एक्सप्रेस ईभी कार, टिभीएस रेइडर मोटरसाइकल र प्रिमियम हाई–इण्ड ग्याजेटहरू रहेको बताइएको छ । ग्रान्ड प्राइजको लागि योग्य हुन चालकले क्याम्पेनको तीनै हप्ताको लागि प्लेटिनम स्ट्याटस अद्यावधिक गर्नुपर्ने बताइएको छ । कुनै पनि हप्तामा प्लेटिनम स्ट्याटस प्राप्त गर्ने चालकलाई साप्ताहिक पुरस्कार विजेतामा सहभागी गराइने कम्पनीले जानकारी दिएको छ । इन्ड्राइभका साउथ एसिया रिजिनल ड्राईभर ओपरेसन टिम लिडर डिमित्री ओख्लोप्कोभले यो अभियान चालकको कडा परिश्रम र अटल प्रतिबद्धताको लागि विषेश सम्मान देखाउने प्रयास भएको बताए ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.