काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सको ३७औं वार्षिक साधारणसभा काठमाडौंमा सम्पन्न भएको छ । साधारणसभाले हाल कायम चुक्तापूँजीको १० प्रतिशतका दरले हुन आउने ५२ करोड १२ लाख १३ हजार ३०८ रुपैयाँ बराबरको नगद लाभांश र ५ प्रतिशतका दरले हुन आउने २६ करोड ६ लाख ६ हजार ६५४ रुपैयाँ बराबरको बोनस शेयर वितरणको प्रस्ताव पारित गरेको छ । यसैगरी शेयर र नगद लाभांशमा लाग्ने कर प्रयोजनका लागि शून्य दशमलव ७८९४७३ प्रतिशतका दरले ४ करोड ११ लाख ४८ हजार ४१८ रुपैयाँ लांभाशबाट समायोजन गर्ने प्रस्तावसमेत साधारणसभाले अनुमोदन गरेको छ । कम्पनीको हालको चुक्तापूँजी ५ अर्ब २१ करोड २१ लाख ३३ हजार ८२ रुपैयाँ छ । बोनस शेयर वितरणपछि कम्पनीको चुक्ता पूँजी ५ अर्ब ४७ करोड २७ लाख रुपैयाँ नाघ्नेछ । यसैगरी साधारणसभाले सञ्चालक समितिको कुल ५ जना सञ्चालकको निर्वाचन गरेको छ । संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट २ जना सञ्चालकको निर्वाचन गरेको छ । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गरेको छ ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.