काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको दोस्रो वार्षिक साधारण सभा शुक्रवार (आज) सम्पन्न भएको छ ।
कास्कीको पोखरास्थित कम्पनीको प्रधान कार्यालयमा भएको सभाको अध्यक्षता कम्पनीको सञ्चालक समितिका अध्यक्ष निकोलस पाण्डेले गरेका थिए ।
सभामा अध्यक्ष पाण्डेले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन प्रस्ताव उपर छलफल भई सर्वसम्मतिले पारित भएको छ । साथै सभाले आर्थिक वर्ष २०८०/०८१ को लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ असार मसान्तको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणसहित अनुसूचीहरू उपर छलफल गरी पारित गरेको छ ।
सोही साधारण सभाबाट आर्थिक वर्ष २०८१/०८२ को लागि बाह्य लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव उपर छलफल भई पारित भएको छ ।
सभामा कम्पनीका सञ्चालक, शेयरधनी, शेयरधनीका प्रतिनिधि, कम्पनी सचिव, कम्पनीका प्रमुख कार्यकारी अधिकृत लगायतको उपस्थिति थियो ।