logo
दोर्दी खोला जलविद्युत कम्पनीको आजसम्म कायम शेयरधनीहरूले मात्र शतप्रतिशत हकप्रद शेयर खरीद गर्न पाउने
दोर्दी खोला जलविद्युत कम्पनीको आजसम्म कायम शेयरधनीहरूले मात्र शतप्रतिशत हकप्रद शेयर खरीद गर्न पाउने
१३ फाल्गुण २०८१

काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले निष्कासन गर्न लागेको शतप्रतिशत हकप्रद शेयर आज (फागुन १३ गते)सम्म कायम शेयधरनीहरूले मात्र पाउने भएका छन् ।

कम्पनीले उक्त हकप्रद शेयर निष्कासन प्रयोजनका लागि फागुन ५ गते एक दिन बुक क्लोज गर्न लागेको छ । बुक क्लोजका अघिल्ला कारोबार दिन फागुन १४ गते महाशिवरात्रीको सार्वजनिक विदा परेकाले फागुन १३ गतेसम्म कायम शेयधरनीहरूले मात्र हकप्रद शेयर खरीदका लागि आवेदन दिन पाउने भएका हुन् । 

कम्पनीलाई माघ २२ गते शतप्रतिशत हकप्रद शेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डले अनुमति प्रदान गरेको हो । कम्पनीले हाल कायम चुक्तापूँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार रुपैयाँको आधारमा सोही रकम बराबरको हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।

प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद शेयर कम्पनीले निष्कासनमा ल्याउनेछ । कम्पनीले शतप्रतिशत हकप्रद शेयर निष्कासनका लागि गत असार ९ गते बोर्डमा आवेदन दर्ता गराएको थियो । हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । बुक क्लोजको मिति तय भए पनि कम्पनीले हकप्रद शेयर निष्कासनको मिति तय गर्न बाँकी छ ।

प्रतिक्रियाहरू

टिप्पणीहरू थप्न कृपया लगइन गर्नुहोस्। लगइन

Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.