logo
एन आई सी एशिया सेलेक्ट-३० को धितोपत्रमा भएको लागत मूल्यभन्दा बजार मूल्य कम
एन आई सी एशिया सेलेक्ट-३० को धितोपत्रमा भएको लागत मूल्यभन्दा बजार मूल्य कम

काठमाडौं । एन आई सी एशिया बैंक म्युचुअल फण्डअन्तर्गत सञ्चालित एन आई सी एशिया सेलेक्ट-३० को धितोपत्रमा भएको लगानीको बजार मूल्य लागत मूल्यभन्दा कम रहेको छ । मङ्सिर मसान्तसम्म यस योजनाले धितोपत्रमा गरेको लगानीको परल मूल्य कमिसनसहित रू. २७ करोड ११ लाखभन्दा बढी छ । 

धितोपत्रमा लगानी गरी नाफा कमाउने प्रमुख उद्देश्यसहित स्थापित यस योजनाको मङ्सिरमा धितोपत्रमा गरेको लगानीको बजार मूल्य रू. १८ करोड ८१ लाखभन्दा बढी मात्र छ । बैंक मुद्दती निक्षेपमा भने योजनाले रू. १५ करोड ५० लाख लगानी गरेको छ । 

कात्तिकको तुलनामा योजनाको नोक्सानी बढेको छ । कात्तिकमा रू. ५ करोड ३ लाखभन्दा बढी नोक्सानीमा रहेको योजना मङ्सिरमा रू. ५ करोड १२ लाखभन्दा बढी नोक्सानीमा रहेको हो । योजनाको प्राप्त भई नसकेको आम्दानी कात्तिकमा रू. ७ करोड ६१ लाखभन्दा बढी रहेकोमा मङ्सिरमा बढेर रू. ८ करोड ३० लाखभन्दा बढी पुगेको छ । जसको असर नोक्सानी वृद्धिमा परेको छ । साथै योजनाको खर्च रकम पनि कात्तिकमा रू. ७८ लाख ५६ हजार रहेकोमा मङ्सिरमा रू. ९६ लाख ६६ हजार पुगेको छ । 

सातवर्षे अवधिको बन्दमुखी प्रकृतिको यो योजना २०७८ असार २३ गतेदेखि सञ्चालनमा रहेको छ । योजना सञ्चालनका लागि १२ करोड ५० लाख इकाई जारी भएको थियो । योजनाको प्रतिइकाई खुद सम्पत्ति मूल्य कात्तिक महिनामा रू. १० रहेकोमा मङ्सिर महिनामा पनि सोही मूल्य स्थिर रहेको छ । 

प्रतिक्रियाहरू

टिप्पणीहरू थप्न कृपया लगइन गर्नुहोस्। लगइन

Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.