logo
एनएमबि सुलभ इन्भेष्टमेण्ट फण्ड २ ले बिहीवारदेखि १२ करोड इकाई विक्री खुला गर्ने
एनएमबि सुलभ इन्भेष्टमेण्ट फण्ड २ ले बिहीवारदेखि १२ करोड इकाई विक्री खुला गर्ने
२५ श्रावण २०७९

साउन २५, काठमाडौं । एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित हुने एनएमबि सुलभ इन्भेष्टमेण्ट फण्ड २ ले बिहीवारदेखि इकाई विक्री खुला गर्ने भएको छ ।

फण्डले  कुल १२ करोड इकाई निष्कासन गर्न लागेको हो । जसमध्ये १ करोड ६८ लाख इकाई वा कुल बिक्री भएको इकाईको १४ प्रतिशत कोष प्रवर्द्धक एनएमबि बैंक तथा १२ लाख इकाई वा १ प्रतिशत योजना व्यवस्थापक एनएमबि क्यापिटललाई सुरक्षित गरिएको छ ।

बाँकी १० करोड २० लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला गर्न लागिएको हो । यस इकाईमा आवेदकले साउन ३१ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा सम्पूर्ण इकाई बिक्री नभएमा भदौ ९ गतेसम्म खुला रहनेछ । यसमा प्रतिइकाई १० रुपैयाँको दरले आवेदन दिन सकिनेछ ।

न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड २० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक एनएमबि क्याबिपटल लिमिटेड रहेको छ । साथै आवेदकले मेरो शेयर एपमार्फत इकाईका लागि आवेदन दिन सक्नेछन् ।

प्रतिक्रियाहरू

टिप्पणीहरू थप्न कृपया लगइन गर्नुहोस्। लगइन

Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.