logo
एसबिआई बैंकद्वारा स्कुल ब्याग तथा शैक्षिक सामग्री हस्तान्तरण
एसबिआई बैंकद्वारा स्कुल ब्याग तथा शैक्षिक सामग्री हस्तान्तरण
६ फाल्गुण २०८१

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले मोरङको एक विद्यालयलाई स्कुल ब्याग तथा शैक्षिक सामग्री हस्तान्तरण गरेको छ । बैंकले विराटनगर महानगरपालिका वडा नं ७ स्थित आदर्श बालिका माध्यमिक विद्यालयलाई उक्त सामग्री हस्तान्तरण गरेको हो । 

बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत राम कुमार तिवारीले विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिका सदस्यलाई एक कार्यक्रमबीच उक्त सामाग्री हस्तान्तरण गरे । 

सो कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तिय अधिकृत राजेश कुमार पंडा, प्रमुख सञ्चालन अधिकृत विकास आनन्द, प्रमुख कर्जा अधिकृत अर्जुन नेपाल, प्रमुख व्यवसाय प्रवद्र्धन अधिकृत रितेश अर्याल र बैंक तथा स्कुल समितिका अन्य उच्च पदाधिकारी र शिक्षकहरू समेतको उपस्थिति रहेको थियो । 

हाल बैंकले १०० शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १२३ एटीएम र १ कर्पोरेट कार्यालयमार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रियाहरू

टिप्पणीहरू थप्न कृपया लगइन गर्नुहोस्। लगइन

Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.