logo
कुमारी म्युचुअल फण्डका तीनओटै फण्डको न्याभ बढ्यो, अन्य सूचक कति ?
कुमारी म्युचुअल फण्डका तीनओटै फण्डको न्याभ बढ्यो, अन्य सूचक कति ?

काठमाडौं । कुमारी सामूहिक लगानी कोषअन्तर्गत सञ्चालित कुमारी इक्वीटी फण्ड, कुमारी सुनौलो लगानी योजना र कुमारी धनवृद्धि योजनाले जेठको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेका छन् ।

उक्त वित्तीय विवरण अनुसार तीनओटै फण्डको न्याभ वैशाखको तुलनामा जेठमा वृद्धि भएको छ । कुमारी इक्वीटी फण्डको न्याभ वैशाख मसान्तमा १० रुपैयाँ १ पैसा रहेकोमा जेठ मसान्तमा बढेर १० रुपैयाँ ७२ पैसा पुगेको छ ।

त्यस्तै कुमारी सुनौलो लगानी योजनाको न्याभ वैशाख मसान्तमा ९ रुपैयाँ ८३ पैसा रहेकोमा जेठ मसान्तमा बढेर १० रुपैयाँ ४३ पैसा पुगेको छ । 

कुमारी धनवृद्धि योजनाको न्याभ जेठ मसान्तमा १० रुपैयाँ ८५ पैसा पुगेको छ । यस फण्डको न्याभ वैशाख मसान्तमा १० रुपैयाँ २३ पैसा थियो । यस फण्डको न्याभसँगै नाफामा पनि उल्लेख्य वृद्धि भएको छ । फण्डले वैशाख मसान्तसम्ममा रू. ३ करोड ४ लाख नाफा कमाएकोमा जेठ मसान्तमा बढेर रू. १० करोड ६६ लाख पुगेको हो ।

जेठमा फण्डको आम्दानीमा वृद्धि भएसँगै नाफा बढेको हो । वैशाख मसान्तमा फण्डको जम्मा आम्दानी रू. ४ करोड ९२ लाख रहेकोमा जेठ मसान्तमा बढेर रू. १२ करोड ७६ लाख पुगेको हो । त्यस्तै यस फण्डले जेठ मसान्तसम्ममा सूचीकृत शेयरमा रू. ६७ करोड ७२ लाखभन्दा बढी लगानी गरेको छ । 

त्यस्तै कुमारी सुनौलो लगानी योजना वैशाख मसान्तमा रू. ६२ लाख ३३ हजार नोक्सानीमा रहेकोमा जेठ मसान्तमा भने रू. १ करोड ५९ लाख नाफा गर्न सफल भएको छ । जेठ मसान्तसम्ममा फण्डले सूचीकृत शेयरमा रू. १९ करोड ३४ लाख लगानी गरेको छ । यो लगानी वैशाख मसान्तमा रू. १० करोड ७७ लाख थियो । यस आधारमा फण्डले वैशाखको तुलनामा जेठमा सूचीकृत शेयरमा लगानी बढाएको छ । 

कुमारी इक्वीटी फण्डले जेठ मसान्तसम्ममा रू. ३ करोड ८५ लाख नाफा कमाएको छ । यो फण्ड वैशाख मसान्तसम्ममा भने रू. ३ करोड २५ लाख नोक्सानी थियो । यस फण्डले पनि सूचीकृत शेयरमा लगानी वैशाखको तुलनामा जेठमा बढाएको छ । फण्डले वैशाख मसान्तसम्ममा सूचीकृत शेयरमा रू. ५८ करोड ४६ लाख लगानी गरेकोमा जेठ मसान्तमा रू. ६८ करोड ३० लाख लगानी गरेको हो । 

कुमारी इक्वीटी फण्डको सूचना हेर्न यहाँ क्लिक गर्नुहोला
कुमारी सुनौलो योजनाको सूचना हेर्न यहाँ क्लिक गर्नुहोला
कुमारी धनवृद्धि योजनाको सूचना हेर्न यहाँ क्लिक गर्नुहोला
 

प्रतिक्रियाहरू

टिप्पणीहरू थप्न कृपया लगइन गर्नुहोस्। लगइन

Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.