logo
माथिल्लो कर्णालीलाई थप २ वर्ष
logo
१ श्रावण २०७९

काठमाडौं (अस) । सरकारले माथिल्लो कर्णाली जलविद्युत् आयोजनाका लागि शर्तसहित २ वर्षको म्याद थप गरेको छ । आयोजना निर्माण गर्ने जिम्मा लिएको भारतीय कम्पनी जीएमआरलाई वित्तीय व्यवस्थापन गर्न २ वर्षको म्याद सरकारले थप गरिदिएको हो । ९०० मेगावाट क्षमताको उक्त आयोजनाको म्याद असार ३१ गते बसेको मन्त्रिपरिषद् बैठकले थपिदिएको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।

म्याद थपका लागि लगानी बोर्ड नेपालको जेठ २३ गते बसेको बैठकले सिफारिश गरेको थियो । त्यसअनुसार म्याद थप गरिएको हो । उक्त कम्पनीले २ वर्षभित्रमा वित्तीय व्यवस्थापन सम्पन्न गर्ने गरी शर्तसहित म्याद थप्न बोर्डमा निवेदन दिएको थियो ।

सन् २००८ मै उक्त आयोजना बनाउन सरकारले जीएमआरलाई छनोट गरेको थियो ।

प्रतिक्रियाहरू

टिप्पणीहरू थप्न कृपया लगइन गर्नुहोस्। लगइन

Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.