काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको कर्पोरेट कार्यालय स्थानान्तरण भएको छ । यसअघि थापाथलीस्थित ट्रेड टावरमा रहेको बैंकको केन्द्रीय कार्यालय कमलादी, काठमाडौंमा स्थानान्तरण भएको हो ।
नेपाल राष्ट्र बैंकले जेठ ९ गते बैंकलाई आफ्नै भवन रहेको कमलादी, काठमाडौंमा कर्पोरेट कार्यालय स्थानान्तरण गर्न अनुमति प्रदान गरेको थियो । बैंकले जेठ १० गतेदेखि आफ्नै नवनिर्मित भवनमा कर्पोरेट कार्यालय स्थानान्तरण गरेको हो ।