logo
मञ्जुश्री फाइनान्सको साधारण सभा पुस २८ मा, लाभांशसहित यी प्रस्ताव पेश गरिँदै
मञ्जुश्री फाइनान्सको साधारण सभा पुस २८ मा, लाभांशसहित यी प्रस्ताव पेश गरिँदै

काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले यही पुस २८ गते १७औं वार्षिक साधारण सभा बोलाएको छ ।

सभा काठमाडौंको थापागाउँस्थित थापागाउँ ब्याक्वेटमा गर्ने कम्पनीले जनाएको छ । सभा बिहान ११ बजे शुरु हुनेछ । 

सभाले ६ दशलमव ३५ प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै गत आव २०८०/८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । 

त्यस्तै सभाले ४ जना सञ्चालकको निर्वाचन गर्ने, केन्द्रीय कार्यालयको स्थानान्तरण र अन्य उपयुक्त कम्पनीसँग मर्जर वा वैदेशिक रणनीतिक साझेदारीमा जानका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ । 

सभा प्रयोजनार्थ कम्पनीले पुस ११ गते बुक क्लोज गर्ने भएकाले पुस ९ गतेसम्म कायम शेयरधनी सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

प्रतिक्रियाहरू

टिप्पणीहरू थप्न कृपया लगइन गर्नुहोस्। लगइन

Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.