logo
महिला लघुवित्तले आह्वान गर्‍यो साधारण सभा
महिला लघुवित्तले आह्वान गर्‍यो साधारण सभा
९ फाल्गुण २०८१

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी चैत ७ गते सातौं वार्षिक साधारण सभा बोलाएको छ । फागुन ५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले काठमाडौंको शंखमुलस्थित अनमोल क्याटरिङ सर्भिस प्रालिमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।

नियमावली संशोधन प्रस्ताव पनि सभाका लागि तय भएको छ । साथै अन्य लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रक्रियामा जाने संकेत गरेको कम्पनीले यसका लागि आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभामार्फत गराउनेछ ।

यस वर्ष लाभांश प्रस्ताव भने गरिएको छैन । साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन २५ गते एक दिन बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा फागुन २२ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन योग्य हुनेछन् ।
 

प्रतिक्रियाहरू

टिप्पणीहरू थप्न कृपया लगइन गर्नुहोस्। लगइन

Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.