logo
नाडेप लघुवित्तको नाफासँगै घट्यो प्रतिशेयर आम्दानी, यस्ता छन् अन्य सूचक
नाडेप लघुवित्तको नाफासँगै घट्यो प्रतिशेयर आम्दानी, यस्ता छन् अन्य सूचक

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष (आव)को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा ५३ दशमलव ८४ प्रतिशत घटेको छ । 

अघिल्लो आवमा कम्पनीले रू. ३ करोड ५६ लाख नाफा कमाएकोमा गत आवमा घटेर रू. १ करोड ६४ लाखमा झरेको छ । गत आवमा कम्पनीको सञ्चालन नाफा र खुद ब्याज आम्दानी घटेकाले नाफा घटेको हो । अघिल्लो आवको तुलनामा गत आवमा कम्पनीको खुद ब्याज आम्दानी २१ प्रतिशत र सञ्चालन नाफा ७५ प्रतिशत घटेको छ । 

कम्पनीको नाफासँगै प्रतिशेयर आम्दानी पनि घटेको छ । अघिल्लो आवमा कम्पनीको प्रतिशेयर आम्दानी ७ रुपैयाँ ३४ पैसा रहेकोमा गत आवमा घटेर ३ रुपैयाँ ३९ पैसामा झरेको हो । त्यस्तै कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १७८ दशमलव ४५ छ । 

कम्पनीको चुक्ता पूँजी रू. ४८ करोड ५७ लाख छ । त्यस्तै कम्पनीले गत आवमा जगेडामा रू. ३१ करोड २८ लाख र रिटेन्ड अर्निङमा रू. ६ करोड ८२ लाख सञ्चिति गरेको छ । सो अवधिमा वितरणयोग्य मुनाफा रू. ६ करोड १६ लाख ऋणात्मक छ । 

रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्

प्रतिक्रियाहरू

टिप्पणीहरू थप्न कृपया लगइन गर्नुहोस्। लगइन

Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.