logo
सांग्रिला डेभलपमेन्ट बैंकको १ लाख ३९ हजारभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा
सांग्रिला डेभलपमेन्ट बैंकको १ लाख ३९ हजारभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा
२७ फाल्गुण २०८१

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले १ लाख ३९ हजार ९८४ कित्ता संस्थापक शेयर फागुन २७ गतेदेखि विक्रीमा ल्याएको छ । 

कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी यी शेयर विक्रीमा ल्याएको हो । 

इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय बालुवाटार, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ । 

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा दोस्रो चरणमा अन्य व्यक्ति तथा संस्थामा यी शेयर विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।

प्रतिक्रियाहरू

टिप्पणीहरू थप्न कृपया लगइन गर्नुहोस्। लगइन

Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.