logo
शिवश्री हाइड्रोपावरले ऋण तिर्न शत प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने
शिवश्री हाइड्रोपावरले ऋण तिर्न शत प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने
१७ बैशाख २०८०

काठमाडौं । शिवश्री हाइड्रोपावर लिमिटेड शत प्रतिशत हकप्रद निष्कासन गर्दै छ ।

वैशाख १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कायम चुक्तापुँजीको १ः१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने निणर्य गरेको हो । कम्पनीले बैंक ऋण भुक्तानी गर्नका लागि हाल कायम रहेको चुक्तापुँजीको १ बराबर १ को अनुपातमा (१ः१) रेसियोमा हकप्रद शेयर निष्कासन गर्न विद्युत् नियमन आयोगबाट सहमति लिई स्वीकृतिका लागि आगामी साधारण सभामा पेश गर्ने निणर्य भएको जानकारी गराएको छ । 

हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ४७ करोड ६४ लाख रहेको छ । शत प्रतिशत हकप्रद शेयर निष्कासनपश्चात् पूँजी रू. २ अर्ब ९५ करोडभन्दा बढी पुग्नेछ । कम्पनीले आवश्यक प्रक्रिया पूरा गरेर नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएर स्वीकृति पाएपछि मात्र हकप्रद शेयर निष्कासन गर्नेछ । 


 

प्रतिक्रियाहरू

टिप्पणीहरू थप्न कृपया लगइन गर्नुहोस्। लगइन

Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.