काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ३ करोड ६ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ ।
गत वर्ष यस अवधिसम्म १ करोड २३ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको कम्पनीले यस वर्ष १४८ दशमलव ३७ प्रतिशत बढी खुद नाफा गरेको हो ।
यस वर्ष कम्पनीले सम्भावित जोखिम शीर्षकमा कुनै पनि रकम व्यवस्था गरेको छैन । गत वर्ष यस अवधिसम्म कम्पनीले सम्भावित जोखिम शीर्षकमा १० लाख रुपैयाँभन्दा बढी रकम व्यवस्था गरेको थियो ।
खराब कर्जा संकलन भने गत वर्ष ६२ लाख ५४ हजार रुपैयाँ रहेकोमा यस वर्ष २० लाख ८० हजार रुपैयाँ मात्र रहेको छ ।
हाल कम्पनीको चुक्तापूँजी १२ करोड २४ लाख ४३ हजार रुपैयाँ छ भने जगेडा कोष रकम ६ करोड ४६ लाख रुपैयाँभन्दा बढी छ । विभिन्न बैंक तथा वित्तीय संस्थाबाट तेस्रो त्रैमाससम्म १ अर्ब २६ करोड रुपैयाँभन्दा बढी कर्जा सापटी लिएको कम्पनीले ४१ करोड ५४ लाख रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको छ ।
यो अवधिसम्मको कर्जा प्रवाह भने १ अर्ब ८४ करोड रुपैयाँभन्दा बढी भएको छ ।
वार्षिक प्रतिशेयर आम्दानी ३३ रुपैयाँ ३७ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ भने १५२ रुपैयाँ ७९ पैसा छ ।